शिक्षा विभागको विस्तार  

साहित्य परिषद् भुटानको शिक्षा विभागले अब पूर्णता पाएको छ ।  यस विभागमा अब सात जना सदस्यहरूले विभागीय कार्यलाई अघि बढाउने भएका छन् । डा.लक्ष्मीनारायण ढकालको निर्देश्कत्वमा उक्त समूहले भाषा शिक्षाका छेत्रमा पाठ्यक्रम र पाठ्यसामग्री आदिको अनुसन्धान र निर्माण गरिदैगरिएको कार्यलाई अघि बढाउने भएको छ ।
 आज , ५  फेब्रुअरी आइतबारका  दिन परिषद्का अध्यक्ष गङ्गा लामिटारेका अध्यक्षतामा  जूममा बैठक सम्पन्न भएको छ ।   साहित्य परिषद् भुटानको शिक्षा विभागको उक्त  बैठकमा परिषद् अध्यक्ष गङ्गा लामिटारेले नयाँ सदस्यहरूको नामको  घोषणाका साथै उनीहरूलाई  शिक्षा विभागमा पद्य दायित्व पनि  सुम्पिएका छन्  ।   शिक्षा विभागको उक्त समुहमा नयाँ सदस्यहरू  हेरिस्वर्गवासी देविचरण खनाल र ओहायो निवासी गोमा अधिकारीलाई आजबाट समावेश गरिएको छ ।
साहित्य परिषद् भुटानको शिक्षा विभागमा अब उसो निम्न सदस्यहरू रहेको जानकारी गराइन्छ –
१. डा. लक्ष्मीनारायण ढकाल (निर्देशक)
२. डा. खेम नेपाल –        सदस्य
३. भक्त घिमिरे         –    सदस्य 
४. देवीचरण खनाल   –   सदस्य
५. सोम आचार्य        –   सदस्य
६. खगेन्द्र भण्डारी जन्तरे  -सदस्य
७. गोमा अधिकारी  -सदस्य 
 यसरी सात जना सदस्यहरू रहेका छन् !
यस  बैठकमा शिक्षा विभागका निर्देशक डा. लक्ष्मीनारायण ढकालले परिषद्को शिक्षा विभागले विगतमा गरेका कार्यहरूको विवरण र भावी योजनाहरू प्रस्तुत गरेका थिए भने सम्पूर्ण उपस्थित सदस्यहरूले  आफ्नो अनुभव र विचार राखेका थिए । बैठकमा भाषाप्रति अभिभावकहरूलाई जागरूक गराउन र स्थानीय मानकमा आधारित पाठ्य पुस्तकहरू र पाठ्यसामग्री निर्माण गरिनुपर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको थियो I परिषद्का सचिव खेम रिजालले नयाँ सदस्यहरूको नियुक्तिको वैधानिक प्रक्रियाका बारेमा जानकारी दिँदै नियुक्ति पत्र प्रदान गर्ने जनाउँदै परिषदमा उनीहरूलाई स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *