श्रष्टा रुपको “नीलो किताब” बारे

तुम्बेहाङ लिम्बु

“नीलो किताब” नामक कथामा कथानक बलियो छ । कथाकारले यस कथा प्रथम पुरुष शैलीमा लेखेकाछन् । तर मूल पात्र आफू नभएर कमलकी वृद्धा आमालाई बनाएकाछन् । सम्पूर्ण कथानक उनकै वरिपरि सुरु हुन्छ, उत्कर्षमा पुग्छ र अन्त्य पनि त्यहीँ हुन्छ ।

कथामा कथोपकथन पनि उत्तिकै मिलेको छ । कमलकी आमा अर्थात् बज्यैले बोल्ने ठेट शब्द र उच्चारण अनि म पात्रले बोल्ने वाक्य सामाजिक र बौद्धिक स्तर अनुसार मिलेकाछन् । चरित्र चित्रणमा पनि उत्तिकै ध्यान पुगेको छ । कस्तो पात्रलाई कस्तो भूमिकामा बाँध्ने भन्ने कथाकारलाई राम्रो हेक्का छ । यस मानेमा दृष्टिबिन्दुको सवालमा पनि कथा कमजोर छैन । यसरीनै कथाकारले कथाको माग अनुरूप देश, काल र परिस्थितिलाई पनि राम्ररी समायोजन गरेकाछन् । भाषाशैलीको सवालमा पनि कथाकार सचेत छन् । कथाको कुन मोडमा, कुन पात्रको लागि कस्तो शब्द, पदावली र वाक्य प्रयोग गर्दा उपयुक्त हुन्छ, त्यसै गरेकाछन् कथाकारले । ठाउँ–ठाउँमा आगन्तुक शब्दको पनि प्रयोग भएकाछन् ।

अन्त्यमा, सारवस्तु पनि राम्रो लाग्यो । कथाले दिनु खोजेको सन्देश स्पष्ट छ । कथाकारले आफ्ना अनुभूतिका आधारमा सत्यको उत्घाटन गरेकाछन् । मुख्यतः: निम्न चेतनाका कारण राजाको अन्धोभक्त भएर बसेका कमलकी आमा जस्ता निर्दोष औ सन् १९५८ को प्रमाण भएकाहरु पनि देश निकाला भएका मार्मिक प्रतिनिधि घटना उजागर भएको छ । यसका साथै तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणार्थीले अमेरिका लगायतमा भोग्ने गरेका तीता मीठा अनुभूति पनि राम्ररी चित्रण भएको छ ।

विषयगत् आधारमा यस कथाले अस्तित्ववादी कथाको स्वरूप ग्रहण गरेको छ । तर कथाकारका अन्य कृति औ पृष्ठभूमि नहेरी कथाकारलाई कुन विषयगतका हुन् भनी खुटाउन सकिन्न ।

सुझाव

  • कथा केही लामो छ । अलि छोटो बनाउन सके सुनमा सुगन्ध हुनेथियो ।

(एक शुभचिन्तकको हैसियतले यस कथा पढेपछि हाललाई यति नै लेख्न सकेँ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *