संकट अझै लम्मिदैछ
डिल्लीराम शर्मा आचार्य
आई टप्प टिपी कपक्क मुखमा हालेर निल्दैछ यो
देख्तैनन् नरले छ सुक्ष्म रुपको लादैछ सन्तान जो ।
पैmल्यो चीन हुयाङबाट कसरी भन्ने थाहा छैन है
पक्षी,सर्प, अनेक कीट थरिका खान्छन् भएका सबै ।।
१
मान्छेकै व्यवहारले यसरी नै उब्जिन्छ भाइरस अहो †
विश्वैमाथि पकट् जमाइ मजले राज्गर्न चाहन्छ त्यो ।
शत्रू मानवको अदेख रुपको लर्दैछ साम्नेछ जो
बालो,वद्ध,तरूण निल्छ यसले आहारा छान्दैन यो ।।
२
आमा बाबु न दाजु भाइ बिचरा † नाता छिमेकीहरू
कोही साथ रहेन आज जगमा एक्लो बनीयो अरू ।
आपद् वीपदमा जहान घरका टाडा बनीए पर
कस्तो दुष्ट बन्यो,बनाइ कसले ल्यायो सबैका घर ।।
३
पैmलीयो भवरोग विश्वभरि नै चाप्तैछ यो दिन्दिन
लाखौं मानिस छट्पटाए विषले गल्दै गयो जीवन ।
बालो,वृद्ध अछुत छैन यसमा निल्दैछ दिन्का दिन
वृद्धा,वृद्ध ढलीरहेछ दिनहूँ आतिन्छ भित्री मन ।।
४
मुख्मा मार्कस् लगाउ छिन्छिनमहाँ ती हात गोडा धुने
बोल्दा छ फिट दूर बस्नु अरुका गर्दै नगर्नू छुने ।
रक्षा जीवनको स्वयं गर सखे सन्देश यही भन
खेलाची नगरौं दुःखै गर बरू बाँच्नेछ है जीवन ।।
५
हल्लाका भरमा नबुझीकन नै उत्ताउलो भैकन
कुद्ने व्यर्थ नगर्नु काम नपरी जानेछ है जीवन ।
विश्वै शुन्य भयो बजार, घर नै बाटाहरू शुन्यछन्
मूर्दाले भरिए अटालिकाहरू स्वयम् तिनै बोल्दछन् ।।
६
धर्ती गड्गड कम्पिने समय भो देखेर मूर्दाहरू
डाकोछोडि कराउँछन् प्रकृति नै शुन्यै बनीयो अरू ।
पक्षीले रव रुष्ठ,दुश्ट बनिदै दीदो छ आभाश जो
बौलाए जीव जन्तु औ प्रकृति नै संकेत हो नाशको ।।
७
गुम्बा मन्दिर,चर्ज मस्जितहरू धाए फलाके पनि
तन्त्र,मन्त्र र जादुवाल सब नै लैजान्छ यस्ले गनि ।
वैज्ञानिक्हरु आज हेर कसरी लाचार बन्दै गए
देख्तैछौं अब काल सामु छ खडा अत्यन्त नै निर्दयी ।।
८
विश्वै कव्जा गरेर त्रास अरुमा पैmलाउनेको पनि
केही शक्ति चलेन मौन छ बरा † ढल्दै गए जीवनी ।
पानीमा गुडने र माथि उडने नक्षत्र गन्नेहरू
गूफा भित्र पसे सकेन बिचरा † विज्ञानले के गरूँ ।।
९
लाखौंलाख विदेशमा यसघडी तड्पिरहेका बरा †
सम्झन्छन् घरमा जहानहरु नै आनो त्यहाँ को छ र ?
मर्नेको पनि लाश,सास, दुइटै गुम्नाम भै बित्तछ
यस्तो यो छ कराल काल सबको माया न नैतीक छ ।।
१०
सुख्खै छैन विदेशमा पनि अहो † देख्छन् अरूले जति
त्यस्माथि प्रकृति प्रकोप खनियो होला र के उन्नति ?
थाम्ने छेक्ने समाउने न त कुनै देख्ने न आधार छ
मेडिन् चीन किने अरू नगतिला सित्तै छ यो सार छ ।।
११
सच्चा देश सपूतमा नमन छ त्यो त्यागलाई पनि
आना बाल, जहान छाडि घरमा निःस्वार्थ सेबी बनी
लाखौंलाख छ धन्यवाद जसले सेवा गरे देशमा
मृत्यूका मुखमा पसेर कतिले अर्को बँचाए जहाँ ।
१२
आनो भन्नु सिवाय नै छ सबकै यी पश्चिमी देशमा
जोर्नै मुस्किल पर्छ हात मुख यो भोग्छन् सबै यै दशा ।।
श्र्रमिक्को पनि छुट्टि छैन बिचरा † जाहान त्रासीद छन्
सर्ने भो अब रोग भन्ने मनमा शंखा यही गर्दछन् ।।
१३
लाखौंलाख चुटाउने भो यसले विक्षिप्त भो जीवन
ज्यालाका भरमा गरीब विचरा † तड्पीरहेका मन ।
भोकै मर्छ जहान बालक बुढो पेशा हरायो सबै
कोविद्को डर अर्को छ मनमहाँ बाँच्नेहरूमा खुबै ।।
१४
मर्नेको पनि गन्ति छैन अबता सर्कार लाचार छ
यस्को औषधि छैन रे जगतमा आश्चर्य विज्ञान छ ।
खेलाची नगरौं सबै सजग हौं आना घरैमा बसी
बाँचौं आफु बचाउने पनि गरौं सन्देश यही रचि ।।