सपना बनी आयौ तिमी

गीतकार
गीतकार

राकेश काफ्ले
बोस्टोन, अमेरिका

मध्ये रात अँधेरीमा,सपना बनी आयौ किन?
थाकिसकेको यो घाउमा, नुनचुक लायौ किन?
+++

सपनाझैँ विपना भए, कस्तो मिठो हुन्थ्यो होला,
यी नजरले त्यो रूपलाई, दुरीबाटै चिन्थ्यो होला।
+++

बहर बनी आइदिए, ज्यानले काचुली फेर्थ्यो होला,
त्यो मुटुको साथ पाए, प्रीतले मुना हाल्थ्यो होला।
+++

नदेखिने प्रेमको, पीडा ज्यादा किन होला,
अर्धजीवित यो ज्यानको,रहल सास लिन्न होला।
+++

कस्ती छिन् विपनीमा,देखाइदेउन हे दैव,
मन मिल्ने उनीसँग,भेटाइदेउन् हे दैव!!!
+++

Leave a Reply

Your email address will not be published. Required fields are marked *