समुन्द्र अलि माथि सरी दिए हुन्थ्यो

R.N.Pokhrel
R.N.Pokhrel

म जन्मेको देशले
समुन्द्र नछोएकै कारण
परायको दासत्व स्वीकार्नु पर्यो
मेरो जस्तै जिब्रा भएका कयौं
तल्लो दर्जाका मान्छे बनी
सर्वस्वहरणको बिल्ला भिर्नु पर्यो !

म हुर्केको अर्को देशले
समुन्द्र नछोएकै कारण
‘घॉस र लौरो’ उक्तिको आशय
स्मरण गर्न विवश छ
मेरो जस्तै जिब्रा भएका कयौं
देशले समुन्द्र नछुनुको पीडामा
आकाश हेरी भाग्य सीई रहेछन् !

म किंकर्तव्यविमूडको बादल चिर्दै
जसोतसो ‘समुन्द्र पारी’ अोत लागेको छु
मनका अॉँखाले टुलु-टुलु
समुन्द्रको अर्कोंतिर- उही ठुल्दाइको
रंगीला नाच हेरी रहेछु,
सुटुक्क समुन्द्र अलि माथि सरेर
साना मुलुकलाई छोइदिए हुन्थ्यो भन्ने
दिवा सपना तुनिरहेछु !

One Reply to “समुन्द्र अलि माथि सरी दिए हुन्थ्यो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *