सम्झना
त्यो राम्रो बन त्यो पहाड हरियो त्यो स्वर्ग झैँ जंगल ।
लामा छन् लहरा हरा रहरिला मूनामिठा निर्मल ।
ती झर्ना झररर्र भारि रमिता हेर्दै झरे छंछम ।
त्यो राम्रो घर पालि भित्र दिलमा आयो अहा! सम्झना ।। १ ।।
ती गार्इ वनमा चरेर फिरने डाडा डु डुकारमा।
भीर्का बानर लेकबेसी तिरका क्वईली कुम्हुकरमा ।
ढुंगाक़ा चकला बिशाल तगडा दुकुर कुर्ले पना ।
बेसारा चिल न्याउला थरि-थरी आयो अहा! सम्झना ।।२ ।।
दाज्यू भाइ थिए खुबै सरसिला हस्खेल गर्थे कति।
बाख्रा गाइ चराउथ्ये त कति ता हेर्थ्ये यतै टुल्टुली।
रुँदाहुन दिलदार आजसँगका टाढा बसी के गरी !
सारै नै मन रुन्छ हेर जन हो!! सम्झी उही झल्झली ।।३ ।।
पाक्यो काफल भन्दथे कति चरी खाऊ त भन्थे कति ।
मीठो गीत सुनाउथे र कति ता हेर्थे यतै टुल्टुली ।
ती सारा चरी छंकी सोहि गुणमा रोहि रहे छंकी बा !!
गर्दै छंकी बिलाप भित्र मनमा आयो अहा!! सम्झना ।।४ ।।
दाजुको लेख पढ्न नपाएको धेरै भएको थियो पढ्न पाइयो, अती खुशी लाग्यो।
आफ्नै घरगाउ पुगे जस्तो लाग्यो। धेरै धेरै धन्यवाद।
Ghanashyam Guru you are great! When i read yor poem, I thought i was in Bhutan.I am raelly happy with you as you have still patroitic feeling though you are in the vast distance of mile from the birth place. I still expect to read same kind of poems that carries the gist of homeland.
Thanks