हस्त – रेखा

कवि

 

सुशिल पोखरेल
अष्ट्रेलिया

व्यस्त सडक बीच,
दुर्घटनाग्रस्त मोटर बाइक,
रक्ताम्मे युवक,
एकोहोरा आँखा,
घिसिएको जिऊ,
पिल्सिएको छाला,
मानिसको घुइँचो,
“ए…..को रहेछ…..?
कसैले भन्छ “आम्मै…..अमर पो !”
उ निर्जीव भइसके छ,
तर उसको हातको रेखा,
लामो थियो …. लामो थियो …..!

One Reply to “हस्त – रेखा”

  1. Padam Parajuli

    जीवन कहाँ अमर हो त, मृत्यु पो अमर हो त त्यसैले त मान्छे अमर हुनदेखि डराइरहेको हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *