हाम्रो एडिलेड

के .सी सान्दाइ
साउथ अष्ट्रेलिया, एडिलेड

हाम्रो सुन्दर देश यो झिलिमिली ठूला समु्द्री शिर
लोभिन्छन् भवका सबै विरहरू सौन्दर्यका खातिर।
नाँग्वेली सरि ती सरोवरहरू प्रसान्त सागर् यहाँ
जोडीदै बहने सुरम्य सरिता हाम्रो एडीलेड् महाँ ।।

याहाँछन् भवका विसाल नगरी आनन्द पार्ने मन
केही छैन कमी हरावर अहो! यै हो पुनास्को धन।
फुल्छन् धेर प्रजातिका फुलहरू छर्दै सुबास्ना यहाँ
गाऊँछन् लयबद्ध पन्छि खुसिले हाम्रो एडीलेड् महाँ ।।

बाह्रैमास झुकी लता कुसुमका हाँकेर पङ्खा हरू
यस्कै राग परागमा चिरिबिरी रम्छन् ति पन्छी हरू।
यस्तै ताल नदी सरोवर नजिक् आधार पाई यहाँ
खेल्छन् थार हरीन घोरल चितल् हाम्रो एडीलेड् महाँ ।।

याँहीछन् बट बृक्ष चन्दन धुपी ती अष्ट गन्धक् हरू
आँप् दारीम् कटहर् बिलायति मिठा अझ्झै कतीछन् अरू।
काफल् जामुनकोत जङ्गल घना नीकुञ्ज ठूलो यहाँ
यस्तै सुन्दर हार छन् सुजनहो हाम्रो एडीलेड् महाँ ।।

फुल्छन् चाँप चमेलि काफल कुसुम् चम्पा गुलाबै अती
भैँचम्पा तिउरे सितार लहरै छन् बाह्रमासे कती।
भू: भू: भू: गरि घुँम्दछन् रसमहाँ मौरी भमौरा यहाँ
यस्तो सुन्दर बाटिका बिच रमौँ हाम्रो एडिलेड् महाँ ।।

शार्दूलविक्रीडित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *