हाम्रो मन
नबिन नेपाल
कोलोराडो, अमेरिका
कता कता आकाशमा डुलिरहन्छ यो मन
जन्मिएको आँगनमा खेल्न पुगिरहन्छ तन ।
सम्झिल्यउँदा आज आफ्ना आफ्नत जन
धुरूधुरू रूँदै गगनम उडौं हुन्छ सँगै पवन ।
कहिले पुग्छ पिपल बोटको छहारी परी
कहिले घुम्छ डाँडा पाखा अनि खेत बारी
जन्म घरको यादले किन नसताअोस् पनि
पिता पुर्खाले पसिना रोपी सुन खनेको हो नि ।
यात्री झैँ झोली टुम्ली बोकी हिँड्नु पर्यो त्यसै
कहाँ जाने हो कोनि गन्तव्य नै थिएन एसै
हिँड्दा हिँड्दा पैतलामा ठेला पाकिसके हाम्रै
भन्दै हिँडौ फलिफाप होस् सधैँ घरमा तिम्रै ।
भावी पनि कस्तो हुन्छ भन्छ हाम्रो मन सधैँ
दु:ख जति हाम्लाई दिई हिँड्छ अघिआऊ भन्दै
पछि उस्को लाग्दा यसै ७ समुन्द्र पारि ल्यायो
हाँस्न पाइएला अब भन्दा रूँदै फेरि वहीँ पुग्यो ।
मानिसको दु:खसुख आफूसँगै हुँदो रहेछ सँगै
काटी चुँडी बाँडिने भए बाँड्नु हुन्थ्यो उस सँगै
मर्दा पर्दा चािहने भाइबन्धु कहाँ छन् कहाँ सबै
भन्दै रूँदैछ हाम्रो मन मेरो भाग्य नै रहेछ यस्तै
भन्दै रूँदैछ हाम्रो मन मेरो भाग्य नै रहेछ यस्तै