अन्धो कानुन

कवयित्री
कवयित्री

हेमन्ता आचार्य
सिड्नी, अष्ट्रेलिया

भित्रको यो कालो ओडार
म अनि म जस्तै झेलमा सडिएर
बसेका मेरा साथी भनौँदाहरु !!

कोहि घटिया चोर, डाकु अनि
काटमारमा परेकाहरु
त कोहि मजस्ता एकल, अशहाय
अनि कसैको जालमा फसेका हरु !!
थरि थरि क्षेत्रबाट आए पनि
यही नै कालो कोठरी,
उतिनै अपहेलित अनि तिरष्कृत
म अनि म जस्तै झेलमा सडिएर
बसेका मेरा साथी भनौँदाहरु !!
झेलभित्रको यो अन्धकारमा
प्रकाशको झल्को खोजिरहेछु
यहाँको यो दुषित हावामा
निसासिइनिसासिइ  बाँचिरहेछु !!
चोरियो मेरो धन सम्पति
तर केहि आपति थिएन
लुटियो मेरो सिउदो अनि कलेजोको टुकुरो
तब यो संसारमा मेरो केहि रहेन !!
कसैले पगली बोलाए
अनि थुकिहिँडे
त कसैले खिल्ली उडाए
अनि ढुंगा बर्साए !!
जिन्दगीको यो दौडानमा
कसले सुन्ला मेरो कथा
कालो ज्वालाले घेरिएको समाजमा
कसले मान्ला मेरो सत्यता !!
हे कानुन, मलाई थाहा छ
कि त यती निच तँ छैनस्
तर अभाग्यवश तँलाई चलाउने वाला
घटिया अनि निच पाइछस्
जसले त अन्धो अनि बहिरो
हुनुको फाइदा उठायो
दोषीलाई बचायो अनि
निर्दोषीलाई जालमा फँसायो !!
हे समाज, कसरी सम्झाउँ म तँलाई
कि म निर्दोष छु भनेर
जब असत्यताको रापले घेरेपछि
कसरी साबित गराउँ यो
अन्धो अनि बहिरो कानुनलाई
कि म हत्यारा होइन भनेर
जब माछा झैँ कसैको
जालमा फसेपछि !!
तर चिन्ता नगर कानुन
अझै मैंले हारमानेको छैन
जबसम्म यो जालको धनीलाई पकटने छैन
तब सम्म म चुपचाप बस्ने छुइन !!
अब सिर्फ यही दिनको प्रतिक्षामा छु
जब कानुनका आँखाबाट
कालो पट्टि अनि कान खुल्ने छन्
निर्दोषीले न्याय पाउने छन्
अनि दोषीले सजाय पाउने छन् !!
म अनि म जस्तै झेलमा सडिएर
बसेका मेरा साथी भनौँदाहरुले
कर्म अनसारको न्याय पाउने छन् !!
                       

One Reply to “अन्धो कानुन”

  1. Pasupati Acharya

    तपाई ले लेखनु भयको अन्धो कानुन धेरै राम्म्रो छ, अगाडी बढ्नु होस् तपाई लक्छे मा पुग्नु हुन्छ. मेरो सुवोकमाना छ

Don't have a Facebook account? Please, use the form below with other options!