आउ खेलौँ होली

कवि
कवि

राकेश कार्की
लस एन्जेलस, अमेरिका

देश विदेश जताततै
यो कस्तो उमङ्ग
आयो फागुन होलीको
थरिथरि रङ्ग

एकआपसमा मिलेर
भिँडमा रमाइरहे
मौसम नै मज्जा आनन्द
रङ्गमै डुबाइरहे

बादलको स्वागत
सूर्यको मुस्कान
जगतमै हाँसो छ
प्रेम-रङ्ग भरेर बेलुन प्रहार
खेलमा जो चासो छ

पिचिचिचि पिचकारी फोहरा
वर्षा भो रङ्गकै
नाचे सङ्गीतमै छमछम
नशा त्यो भाङकै

सदभावको अबिर दलेर
सप्तरङ्गी रङ्गोली
बाडेर रङ्गीन पिरती
आउ खेलौँ होली

Leave a Reply

Your email address will not be published. Required fields are marked *