एउटा अतृप्त आत्मा
Ishwar Prabasi
Current Address:
Salt Lake City, UT. USA
Father/Mother: Pashupati/ Duk Maya Dangal
Originally from: Sarpang, Bhutan
Email: ishwardangal@gmail.com
ईश्वर प्रवासी
युटा, अमेरिका
प्यासको सागर बोकेर
लम्किँदैछ,
एउटी निरिह चरी छोप्न
विचरी चरी अनविज्ञ छे,
बाहिरी दुनियाँ मौन छ
जताततै फोहोरी खेल ।
कुदृष्टि घरभित्रै ……!
भोलिपल्ट,
समाचार आयो;
” एउटी चौध वर्षे बालिका बलात्कृत ”
आमाको आँखामा आँसु ।
बाबुलाई हथकडी …..!!
बाहिर चर्को आवाज,
‘ दोषीलाई फाँसी दे …!!!