एउटा अनौठो कामना
यतिराज अजनबी
एड्लेड अस्ट्रलिया
मैतालु लिएर गएको
एउटा युवा बालक
झुप्रेबाट उतै उतै
मान्छेको भन्दा
सपनाको घनत्व बढी हुने
महलहरूको गाउँमा पुग्छ |
दुला परे पछि गोजी
पत्रिकाले टाल्न थाल्छ
बिहान पाँच बजेदेखि |
‘पड्नुहोस, पड्नुहोस,
आजको ताजा समाचार ’
“साम्खारामा चिलले
कृषकको जोर आखाँ झिक्यो”
“साम्खारामा चिलले
कृषकको जोर आखाँ झिक्यो”
“साम्खारामा चिलले
कृषकको जोर आखाँ झिक्यो”
घोक्रो सुकुन्जेल करायो करायो
बिचराको दक्षिणै हरायो,
अपरान्ह सम्ममा बेच्नु पर्ने
उसका पाँच सय प्रति
अखबारको संख्या घट्दैन |
“डासो कर्माको चस्माको फर्मा भाँचियो”
“डासो कर्माको चस्माको फर्मा भाँचियो”
‘आजको मुख्य खबर
ल हेर्नुहोस, ल हेर्नुहोस’
साढे सात घण्टा गल्लीहरुमा,
चोकचोकमा अनि छुट्न लागेका
लामा दूरीका बसहरुमा
कोलाहल मच्चाउँदा मच्चाउँदा
पचास प्रतिशत बिक्यो |
“ब्राड पिटसंग नामिबिया जाँदा छुटेको
एन्जेलिना जोलीको प्यान्टी
नान्कुसे बन्यजन्तु आरक्षणको
बघिनीको गुप्ताङ्गमा फेला पर्यो”
गाडीको रफ्तारमा हिडिरहेका
पदयात्री प्रायः सबैले ब्रेक दाबे
तर त्यहाँ कुनै
रातो बत्ति बलेको थिएन,
निमेषमै सबै पेपर खतम
आज ऊ ज्यदै खुशी भयो
र
कामना गर्यो :
भोलिको समाचार
स्पाइडरम्यानको वीर्यले लेखियोस !!!
जनवरी ११ २०११, एड्लेड