कोइली गाँँउछे

इन्द्र प्रकाश खवास 
अमेरिका
हजार आँसु थोपा मैले रसाएर के हुन्छ र ?
हाम्रो बिचार अर्कै भए बसाएर के हुन्छ र ?
क्षितिज पारी कोइली गाँँउछे गाएर के हुन्छ र ?
भित्र मनमा दया छैन माया लगाएर के हुन्छ र ?
भन्नै पर्छ सत्य कुरा लुकाएर के हुन्छु र ?
जात भात कामी दमाई छुटाएर के हुन्छ र ?
चार जात छत्तिस वर्ण फुटाएर के हुन्छ र ?
एउटै बाउको चार भाइ छोरा कुटाएर के हुन्छ र ?
नगर है  लुट्ने काम लुटिएर के हुन्छ र ?
जानु पर्छ एक दिन सबै ,जुटाएर के हुन्छ र !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *