गजल -५०३

अनन्त आचार्य 
अस्ट्रेलीय 

सम्हाल्न खोज्छु मुटुको पिर देखियो यसरी।
सजाउन नपाई मायाको झिर देखियो यसरी।

राखेको थिएँ माया को फूल मुर्झायो हेरन।
बोकेको थिएँ प्रेमको भिर देखियो यसरी।

आँखामा सागर बगेर आयो के गर्नु मैले।
मायालु भनी कसेको धीर देखियो यसरी।

मायालु डोरी जल्दैछ हेर पोल्दछ भत्भति।
सपनाभित्र बनेको खिर देखियो यसरी।

आएर बस अनन्तसँग बोल्दछु अन्तमा।
जीवन भरि बनाको निर देखियो यसरी।

Don't have a Facebook account? Please, use the form below with other options!