गजल-१५९

गजलकार

मोहन गौतम,
अष्ट्रेलिया

निश्चल त्यो तिम्रो माया लिएरै गएँ
झरेका ती तिम्रा आँसु पिएरै गएँ |

मृत्युले टिपी लग्यो छुटाएर प्रिया
तिम्रा मेरा प्रितहरु सिएरै गएँ |

मर्नु रैछ आखिर मैँले तिम्रै बनेर
अफ्सोच मरेँ तर आत्मा दिएरै गएँ |

नरुनु प्रिया भिज्छन् परेली ती नयनका
केवल तिम्रै थिएँ तिम्रै लागि जिएरै गएँ |

खुलेनन् तिम्रा छट्पटिमा चिर निद्राका आँखाहरु
लास थिएँ केवल लास अनि चिएरै गएँ |

 

 

 

One Reply to “गजल-१५९”

Leave a Reply

Your email address will not be published. Required fields are marked *