गजल-१६०

गजलकार

कृष्ण संघर्ष
एडिलेड, अष्ट्रेलिया

अलिकति पिउँ-पिउँ लाग्छ जिन्दगी
फाटे पनि सिउँ-सिउँ लाग्छ जिन्दगी

यसै छाडे बत्तीसले, दुईबाट तीन पुग्दा
सोह्र वर्षे नाति झैं जिउँ-जिउँ लाग्छ जिन्दगी

जेठी छाडी साईँलीको भट्टी पस्दा निगारले
खोइ ! साइलीलाई दिउँ-दिउँ लाग्छ जिन्दगी

बाह्र छोरा तेह्र नाति भए पनि अंगालोमा
अझै कान्छीलाई लिउँ-लिउँ लाग्छ जिन्दगी

One Reply to “गजल-१६०”

  1. Sushil Pokhrel

    कृष्णजी,
    जिन्दगीको चाहना पनि किसिम किसिमको छ हो कि, गजल मन पर्यो तपाईको | यस्तै छोटा, मिठा र स्वादिला सामग्री दिंदै रहनु होला |
    सुशील पोख्रेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *