गजल-३११

गजलकार
गजलकार

सञ्चमान खालिङ
पीए / अमेरिका

धेरै कुरा झुक्याएरै गयौ जिन्दगी
गाँठी कुरा लुकाएरै गयौ जिन्दगी
तिर्खा थियो ममा सांगर पिउने
सबै मुहान सुकाएरै गयौ जिन्दगी
चाहेर पत्थर बन्न सकिन्न मान्छे
मुटुनै हो दुखाएरै गयौ जिन्दगी
सम्बन्धको कसिलो गाँठो थियो
आखिर फुकाएरै गयौ जिन्दगी

Don't have a Facebook account? Please, use the form below with other options!