गजल – ३९१

रिमेन आलोक
अष्ट्रेलिया

भट्टीको नि अधिकार हुन्छ नि यार ।
माते पछि  मारामार  हुन्छ नि यार ।।

बलात्कारीलाई  फाँसी  दिनै पर्छ ।
यस्तो पनि समाचार हुन्छ नि यार ।।

कति  खोज्छौ  सम्मान  आफू  मात्र ?
गरे सबैलाई नमस्कार हुन्छ नि यार ।।

आवाज निकाल्नै पर्छ एक आपसमा ।
हाम्लाइ पनि अत्याचार हुन्छ नि यार ।।

कति जनता मात्र मारिन्छन् यो देशमा ।
नेतालाई पनि कारागार  हुन्छ  नि यार ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *