गजल – ४६९

अनन्त आचार्य
अस्ट्रेलिया

लुटिएको प्रहर यो।
लुटिदैछ रहर यो॥

स्तब्ध मेरो गाउँ बस्ती।
किन छर्‍यो जहर यो॥

वैभव नै लग्यो सबै।
उफ् उद्धत कहर यो॥

भाषा जल्यो मान्छे सड्यो।
हो, ताण्डव लहर यो ॥

खरानी नै भयो मन ।
ढल्यो ढल्छ सहर यो॥

Don't have a Facebook account? Please, use the form below with other options!