गजल – ५००

डिल्लु चम्लागाँई
ओहायो, अमेरिका

अलिकति के  उचालियो हाहाकार गर्छ
गर्न त निभ्ने  बत्ती पनि  भ्यार्र भ्यार्र गर्छ

आमाले चोली नफेरेको  कैयौँ  वर्ष भयो
आफ्नै छोरो सहरमा सारी  व्यापार गर्छ

धेरै जतन गर्नेलाई मात्र थाहा हुन्छ माया
बुझ्दैन जसले पाएर पनि बेस्याहार गर्छ

तिम्रो दिल जतै मोडियोस् असर  पर्दैन
मेरो सिधा सिधी, कि पार कि वार गर्छ

औकात सम्झेर  हजार  सँगै खुद्रा झार
हेर्नु, हल्ला  खुद्रा  गर्छ  कि  हजार गर्छ ?

Don't have a Facebook account? Please, use the form below with other options!