गजल ५३८

गोविन्द फुयाल
अमेरिका

मनमा यी आस बोकी आएँ तिम्रो सहरमा।
धड्कनको सास रोकी आएँ तिम्रो सहरमा।।१

सकिन बिर्सेर बाँच्न न सकेँ खुसीमा हाँस्न।
मायाले तानेर हो कि आएँ तिम्रो सहरमा।२

बिपना बिपना भैगो’ सपनामा पनि तिम्रै।
प्यारो त्यो नाम घोकी आएँ तिम्रो सहरमा।।३

हर्ष बिस्मातमा यो एउटै सहारा लिँदै।
टन्न नशा यो धोकी आएँ तिम्रो सहरमा।।४

पानीमा हात चोबी कसम खाएका थियौँ।
फेरि यो औलो टोकी आएँ तिम्रो सहरमा।।५

 

 

Don't have a Facebook account? Please, use the form below with other options!