गजल-१२८

इन्दिरा प्रयास
इजरायल

कमाउन विदेशिएँ, कमाएरै आउँछु प्यारा
पसिनाको मुल्य पनि,जमाएरै आउँछु प्यारा

सजिलो त छैन कतै,पराइको देशमा पनि
झरे पनि आँशु धारा,थमाएरै आउँछु प्यारा

परिश्रमको खेती गरी,धेरै फल फलाएर
आम्दानीको स्रोतहरु,समाएरै आउँछु प्यारा

नदुखाई कोमल मन, धैर्यवान बनी सधैं
बिहानीको लालीसँगै,रमाएरै आउँछु प्यारा

कमाउन विदेशिएँ, कमाएरै आउँछु प्यारा
पसिनाको मुल्य पनि,जमाएरै आउँछु प्यारा

Don't have a Facebook account? Please, use the form below with other options!