गीत: तिमीले हेरिरह्यौ

गीतकार
गीतकार

राकेश कार्की
लस एन्जेलस, अमेरिका

तिमीले के सोचि हेरिरह्यौ
म गइरहेँ
हवाइजहाजमा आँखा चिम्लदा
तिमी मै भइरहेँ

तिम्रो परेलीमा अडियो थोपा
आँखा भरिएर टिलपिल
फर्की फर्की हेर्न नसकि
अहिले रोएँ पिलपिल

तिमीले हाँसेर बिदा दिँदा
मायाले मलाई समाइरह्यौ
तिम्रो मनको घाउ मलाई
सुम्सुमाउन थमाइरह्यौ

फेरि फर्किन्छु चाँडै भनी
म गइरहेँ
सपना बटुल्दै बिरानो देशमा
तिमी मै भइरहेँ

पेशाले इन्जिनियर गीतकार कार्की अनेसास लस एन्जेलस च्याप्टरका उपाध्यक्ष हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *