गीत

बिमल गिरी
चारपाने, झापा

मोतिजस्तो रुप तिम्रो तिमी मेरी जलपरी
सुन्दरताको जालमा पारी गर्‍यौ मनपरि

मधुर तिम्रो हेराइले लट्ठै पर्‍यौ हासिहासी
अङ्गहरु लोभैलाग्ने नागबेली केशरासी
परेलिमा लुकाउ मलाई तिमी मेरी जलपरी
सुन्दरताको जालमा पारि गर्‍यौ मनपरी

मनैचोर्ने बोली उनको कति दङग परु म
मौरिलेझै रस चुस्तै तिम्रै काखमा मरु म
लोभै लाग्ने झरनाझै तिमी मेरी जलपरी
सुन्दरताको जालमा पारि गर्‍यौ मनपरी

हाल: बेल्जियम

Don't have a Facebook account? Please, use the form below with other options!