त्यो मेरो गाउँ

युग दवाडी
वासिङ्टन, अमेरिका

टासिदिन नाम सँगै
चिनिएको मेरो गाँउ
छोडनु पर्यो बाध्यतामै
छैन भन्ने आफ्नो ठाउँ । १।

लटाराम्मै फल्द थिए
सुनेली ती सुन्तोला
पारी भिरमा डुल्द थिएँ
मिथुन गाई र मृगहरु ।२।

गुचिलाको झाडी भस्मे
तोरी फुल्ने लहलह
जीम्बा दाईको टिनको छानो
टल्किरन्थ्यो टहटह ।३।

दागछुको सुसेलीले
मन मेरो छोईदिन्थ्यो
नेवार बाको गुलेलीले्
लाखु ढेडु रोईदिन्थ्यो ।४।

पोख्र्रेल बाको टारी खेत
मुरी मुरी बाली फल्ने
लोभी बन्यो डासो चाचु
धम्की दीई कागज छल्ने ।५।

गोले डाँडाको धने गोले
सरकारी मान्छे अरे
रीपोर्ट गर्न खप्पीस छ रे
सरकार बिरुद्ध कोही बोले ।६।

उर्दी दिन्छ झारलाङ्गीको
गाँउ घरमा कुदी कुदी
रोपाई छोडी जान्छन् गाउँले
नोक्सान ब्यहोरी मुरी मुरी ।७।

निशुल्क स्वास्थ्य छ भनि
थिन्ले बोल्ने ठूलो बोली
क्षय रोगले मर्दैछन गाँउले
नपाएर औषधिको गोली ।८।

बिश्वमै खुसी जनता भन्दै
प्र्रचार गर्ने थिन्ले सरकार
जातिय सरवलनको मूलमन्त्र जप्दै
ढाट्छौ दुनियालाई बनी लाचार ।९।

बाच्दैछु सँधै एक ईच्छा लिई
स्वर्णिम कल्पना हृदयमा सजाई
त्यो मेरो जन्म गाँऊमा गई
पाउनुछ मोक्ष जिवन बिसाई ।११।

Leave a Reply

Your email address will not be published. Required fields are marked *