देउता र मान्छे

सुदर्शन पोखरेल
डेनमार्क

हो मैले विश्वास गरेँ
त्यो देउताकै कथा थियो
अनि विश्वास गरेँ ,
मान्छे र देउता फरक पात्र हो
बालपन अनि युवापन पनि ,
यसमै अडेको थियो
अनि मनभित्र पनि
यस्तै गडेको थियो
तर
एक्कासि जब म बिउँझिएँ
मेरो मन भित्रको छटपटाहट बढिरहेको थियो
तँ कस्तो हुस्सु हँ ?
यो तेरो आफ्नै कथा हो
नियालेर हेर त् ?
अनि म नियाल्न पुगे
अनि कथा सरासर हेर्दै र बुझ्दै गएँ
साँच्चै त्यो मेरो कथा भेटेँ
मान्छेको कथा भेटे
देवासुर सङ्ग्रामको कथा
एउटा बाबु अनि दुइटी आमा
साइनोमा देवासुर त दाजु भई ?
एउटै बाबु
आमा फरक
अनि उनीहरू बिचको लडाइ
ठ्याक्कै मान्छेको कथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *