धन्यवाद

डीआर घोर्साईं
टेक्सास, अमेरिका Dilli Ghorsai

धन्यवाद छ, यूएनओ-लाई
दीगो समाधानको पहल गरी दिएकोमा
अनि धन्यवाद छ संयुक्त राज्य अमेरिकालाई
पुनर्वाश गराई भावी सन्तानको
भविश्य उज्वल बनाइदिएकोमा-

धन्यवाद केनाडा, अष्ट्रेलिया, डेनमार्क
युके, न्यूजील्याण्ड र नर्वे राष्ट्रहरुलाई
इच्छुक शरणार्थीलाई पुनर्वाश गराई
दीगो समाधान गरी दिएकोमा
अनि धन्यवाद छ है, आइओएमलाई पनि
यातायातको व्यवस्था मिलाई सहयोग गरेकोमा-

धन्यवाद छ नेपाल सरकार र सम्पूर्ण नेपालीहरुलाई
म अनि मेरा सम्पूर्ण परिवारलाई २०औं वर्ष
शरण दिई संरक्षण गरी दिएकोमा
अनि हार्दिक धन्यवाद छ यूएनएचसीआर संस्थालाई,
मानवीय सोचमा गाँस, बास, कपास र,
स्वास्थ्य-शिक्षाको व्यवस्था मिलाई दिएकोमा
धन्यवाद छ सम्पूर्ण सहयोगी राष्ट्रहरुलाई
आर्थिक भौतिक सहयोग गरी जिउ-ज्यानको संरक्षण गरी दिएकोमा-

धन्यवाद छ, डब्लुएफपी र एलडब्लुएफ-लाई
जस्तै बन्द हड्तालमा पनि पैदल आई
रासन पानी बाँडी दिएकोमा
धन्यवाद छ कारिताश र आम्दा नेपाललाई पनि
स्वास्थ्य, शिक्षाको निशूल्क व्यवस्था गरी सहयोग गरेकोमा-

अनि धन्यबाद छ शिविरवरिपरिका सम्पूर्ण नेपाली मित्रहरुलाई पनि
वर्षौंदेखि पीर-मर्का सबै सहेर माया गरी संरक्षण गरी दिएकोमा !
अनि धन्यवाद छ सम्पूर्ण मीडियाकर्मीहरुलाई पनि
शरणार्थीहरुको समाचार सम्प्रेषण गरी प्रचारप्रसार गरी दिएकोमा-

धन्यवाद छ है ( रेड क्रश) नेपाललाई पनि
रक्तसंचारको व्यवस्था मिलाई ठूलो सहयोग पुर्याइदिएकोमा
धन्यवाद छ, (एससीएफ) संस्थालाई पनि
शिविरको शुरुवातमा स्वास्थ्योपचार सबन्धी सहयोग गरेकोमा-

अनि धन्यवाद छ सहयोगी व्यक्ति र संघसंस्थाहरुलाई
सार- गाह्रो पर्दा रातदिन नभनी काँध हाली सहयोग गरिदिएकोमा
धन्यवाद छ है प्रहरी प्रसासनलाई पनि
शरणार्थी शिविरको सुरक्षा व्यवस्था मिलाएकोमा-
धन्यवाद, धन्यवाद, सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *