परिचय

भानु ढुङ्गाना
क्यानाडा

कैयौँ झापट हानेर गए
हावाका झोक्काहरूले
हुरुरु-हुरुरु दिएर गए
आगोका लप्काहरूले

खानु सम्म खाए चड्कन
यी मेरा कानहरूले
हानेका सिरेटाहरूले
रोटी झिक्न पसेका झिरेटाहरुले।

कैयौँ सड्कन हानेर गए
हावाका धावाहरूले
तर आज पनि जस्ताका तस्तै छन्
यी मेरा गालाहरू
यी मेरा कानहरू
यी मेरा पिँडुलाहरू
हातका हत्केलाहरू

छेकिएका
छलिएका
कोल्टिएका
आरोह अवरोह भित्र परेकाहरू
आज पनि उस्तै छन्
निष्फल भएका छेपारे सपनाहरू
तगाराका अहङ्कारहरू
गर्मीले सुकाएकाहरू
झरीले लुकाएकाहरू
नुन-खाएका कुखुराका बोसामा
भिजेका सुपरका बातीहरू—

लगे हुन्छ अब –
हावाका झोक्काहरू
कानका चड्कनहरू
पिँडुलाका आफ्नै सड्कनहरु
गल्दै गएका देखिन्छन् धड्कनहरू
बल्ल रुढीवाद हटाएर
अब बुढीवाद खोज्दै आएकाहरू
राप बिनाको ताप्केमा
हतारै रोटी पकाउनेहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *