पागल
खगेन्द्र गौतम
क्यानाडा
वियोगको ज्वालामा जल्दै , नशामा भुल्दै छु आफूलाई
तिम्रा स्मृतिहरू यहाँ, अब मेट्दै छु सधैँ-सधैँलाई।
यो दिलमा तिमीले बनाएका,
घृणाका महलहरू तिरस्कारका हुरीले उडाइसके।
तिम्रो उदाङ्गो चरित्रदेखि अब दुनियाँ नै अघाइसके।
जाली प्रेमको नाटक खेल्दा, धेरै मोल कमायौ होला
जवानीको दाउ थापी सबैलाई हरायौ होला।
यो दुनियाँ नै धमिल्याइदियो तिम्रो जवानीको भेलले,
मलाई पागल बनायो तिम्रो मायाको खेलले।