प्रणय – बन्धन

कवि
कवि

एल. बि. रिखाम मगर
नर्थ क्यारोलिना, अमेरिका 

वर्षमा एकपटक मात्र आउँने
खालि एउटा त्यो दिन
मसँग भागिहिँड्थ्यो

मेरो मनको संघार नै नटेकी
पर-परै आँखाको सिमानाबाट
समयको पछ्यौरामा लुकेर
बेपत्ता हुन्थ्यो
मैँले मेरो यादहरुहरुमा सम्झिरहन्थेँ
मेरा सपनाहरुमा देखिरहथेँ
झुलन बाग र केटाकम्बसमा
प्रेमालाप गरेको कल्पिरहथेँ
‘दि ल्यामेनटेसन अफ ओल्ड प्यान्सनर’ को पात्रले
जस्तै
समयलाई सरापिरहेँ
जिन्दगीलाई धिक्कारिरहेँ

नदीले धार बदल्नुरहेछ
उन्यूले फुल्नुरहेछ
समयले आफैँ दिनुरहेछ
प्रतिक्षारत मेरो मनले
वर्षमा एकपटक मात्र आउँने
खालि एउटा त्यो दिनलाई
अनन्त भेटाइछाड्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *