भरोसा….

कवि
कवि

दुर्गा रिमाल
अस्ट्रेलिया

भर्खर आफ्नो भाग्यलाई
धित्तोमा बुझाइ दिए
आशाको टेन्डर थापेर
जीवनको ‘आस्था’ दुखेपछि
भरोसाको भित्तो च्यातिएपछि
आशुँको बाछिटा उर्लिएपछि
मुटुको कम्पन रोकिएपछि …

यस्तै… यस्तै…
आशाको धागों बाधेर
केटाकेटीहरूले जस्तै
माथि आकाशमा एउटा चङ्गा झैँ
‘विश्वास’ उडाइदिएको छु
आखाँले देखुञ्जेल
भगवानको भरोसामा
मायासगँ हारेर
पिडालाई जितेर
एक्लै फर्कदैछु म
आफ्नै जीवन शून्य पारेर….

Leave a Reply

Your email address will not be published. Required fields are marked *