भानुको प्रेरणा

कवि
कवि

माया भट्टराई
केन्टकी, अमेरिका

 

तिमी नै हौ प्रेरणा हाम्रा
तिमी नै गुरूवर
तिमी नै हाम्रा कलमका मसी
तिमी नै लेखनी।
अनि तिम्रा लेखहरूमा हराउने हामी
अनि तिम्रा शब्दशब्द मनपराउने हामी।
तिमी बन्यौ प्रेरणाका स्रोत,
तिमी नै बन्यौ गुरू।
र त आज कलमको टुँडो भाँचिएन र
तिमीले पढाएको पाठ कतै साटिएन।
नेपालीमन,नेपालीपन फैलिएको छ हेर
आज संसारभर
तिमी नै हौ प्रेरणा हाम्रा
तिमी नै गुरूवर।।

Don't have a Facebook account? Please, use the form below with other options!