भो चाहिँदैन कुर्सी

कवि
कवि

राकेश कार्की
लस एन्जेलस, अमेरिका
भो मलाई चाहिँदैन कुर्सी
त्यसले मलाई अति आन्नद दिलाउँछ भने
भुँईमा बस्नेको समस्याहरू बिर्साएर
मलाई मात्र सुखै सुखमा भुलाउँछ भने

जो जो बस्छन् त्यसमा
फननन घुम्छन् शासकको भेषमा
खाएर पिएर मुख चपाएर
भोकाहरुलाई पर पर धपाएर

भो मलाई चाहिँदैन कुर्सी
त्यसले मलाई मात्र हसाउँछ भने
समस्या अभावदेखि उठाएर
मलाई मात्र त्यस्मा बसाउँछ भने

कोही बसे कोही बसिरहेछन् त्यस्मा
मनपरि गर्दै आएका छन् देशमा
भरी दुनो आफ्नो सोझ्याएर
खाली दुनो अर्काको घोप्ट्याएर

भो मलाई चाहिँदैन कुर्सी
त्यसले मलाई बिदेशै मात्र घुमाउँछ भने
विकट अवहेलित देशको कुनाहरु
म देखि कहाँ हो कहाँ पर हराउँछ भने

पेसाले इन्जिनियर  कार्की अनेसास लस एन्जेलस च्याप्टरका उपाध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *