म त बिर्सन्न है

यादप न्यौपाने
केनाडा

म त बिर्सन्न है-
बिर्सन सक्दिनँ मेरो पीडा म जहाँ रहे पनि
मुसा र बिरालॊ डुबेको दुध पिएको बिर्सेको छैन-
जीवन त संघर्ष रहेछ जिउनु पर्ने नै भो,
ठेकेदारले ज्याला धुतेको बिर्सेको छैन
तिनीहरुको बाटोमा हिड्दै गरेको बेला
भोटाङे- बगडे र ‘…बान’ भनेको बिर्सेको छैन-
बिर्सन्न बिर्सन्न है, म त बिर्सन्न है..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *