म मरेको छैन!
अनन्त आचार्य
अस्ट्रलिया
प्रिय…!
म मरेको छैन।
दुई गास भात खाएकै छु ।
दुई थोपा आसु पिएकै छु ।
एकसरो लुगा लाएकै छु ।
दुई पाइला अघि पनि हिड्छु।
एक पाइला पछि पनि हिड्छु।
तिमीसंग बन पखेरिमा, गाएको गीत, म यहा पनि गाउछु।
तिमीसंग असार पन्द्रमा, लाएको प्रित, म यहा पनि लाउछु ।
बेठी,विवाहमा बज्ने नौमती, म यहा पनि सुन्छु ।
मैले लगाएको टोपी, दउरा- सुर्वाल, म यहा पनि भेटछु।
तिमीले लगाएको फरिया र- चौबन्दी चोली भेटछु।
तर मलाई त्यो भन्दा! यो अलि भिन्नै लाग्छ,
यहा दउराको तुना लाउनु पर्दैन ।
यहा फरिया र चौबन्दीले, शरीर सबै ढाक्नु पर्दैन।
यहा गीतले मुटु भक्दैन।
तर…प्रिय!!!
म मरेको छैन।
जीवन जिउनलाई दुइथोपा आँसु पिउनै पर्छ | सुख दुख घाम छाया जस्तै हुन् | तपाइको कविता मार्मिक छ | यस्तै मिठा रचना पस्कन्दै गर्नु होला |
A well presentation of nostalgic emotion, and at the same time it’s comparision with the new environment, and eventually announcement of existence amidst drastically altered situation.