विभिन्न दृष्टिमा पृथ्वीको कल्पना

गंगाराम रिजाल
अमेरिका

! मंगलाचरण !


हे ! विघ्नहर्ता गर काम पूर्ण !
यो काब्यको रूप नहोस् अपूर्ण !!
श्री राधिका रूप सरस्वती बनि !
आई ममा ज्ञान भरी दिनोस् अनि ।।

पर्छु शरण लौ प्रभु इष्टदेवमा !
जानी नजानीकन सम्झिएँ यहाँ !!
जोडी दुवै हाथ कलम उठाई
बन्ने छ है काव्य सुधा रसाई !!

चौरासी जुनिमा घुमेर पछिजो पाइन्छ यो मानव ।
प्राणी एकभएर रूप बहुतै भिन्नै छ जो दानव।।
बस्छन् लौ घरमा र ताल वनमा ओडार नै चिन्ह छ।
यौटै हुन् धरणी समानछ सबै यो दृष्टिमा भिन्न छ

पाखामा हरिया कतै सुनखरी डाँफे र रूप्पी चरी ।
गाऊँदा सुरिलो मनोहर हुने आनन्दताले भरी।।
द्यौराली छहरा सुधा रससरी गुम्बा कतै चिन्ह छ ।
यौटै हुन् धरणी समानछ सबै यो दृष्टिमा भिन्न छ।।

पाहाडी चुचुरा हिमाल नभ झैँ चाँदीसरी टल्कने ।
आईरातमहाँ कतै जुनकिरी सोभा दिई झल्कने।।
खोला भीर कतै पहाड विचमा त्यो साँघुको चिन्ह छ ।
यौटै हुन् धरणी समानछ सबै यो दृष्टिमा भिन्न छ।।

छन्द:- शार्दूल विक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *