शब्द जहर

कवि
कवि

मणीराम धिमाल
टेक्सास्, अमेरिका

अहो बन्धु बान्धव सुनन मनुको शब्द जहर
बगाई आँशु यो सलल बगी जान्छिन् नी नहर
सधैं बग्दा बग्दै अब त दूर बेसै पर बगेँ
रुँदै देशको माया अलिकति सुनाउन म पुगेँ ।

न देशै मेरो हा ! न त घर अहो सुन्ने पथिक
न लेखौं वा पोखौं अबुझ मनको भाव द्रबित
कतै कहिले फुलेँ झुपडीबीच दुर्गन्ध सहँदै
कठै अहिले फुलेँ उटक भूमिमा दास कहँदै ।

जती जाँ जाँ फुलें जननी दिलमा फूल्न सकिन
छ मीठो माया यो शरण सुतको भुल्न सकिन
चखेवाको मीठो सरित धूनमा गीत बहंदा
सुसाई झनै ती हिमसिखरका चंचलता ।

विहानी उषाको किरण फूल फुल्दा सिखरमा
रमाउंथे सारा मनुज किट पन्छी मनमन
सुगन्धित मीठो त्यो कुसूम वनको वस्य पवन
सुधा सिन्धु बग्थे वरपर तिनै वक्ष थलमा ।

कसोरी भुल्नु ती तन मन दुवै दुख्छ शरिर
उता आमा रुन्छिन् धुरुधुरु कठै सम्झी नजिर
गए साखा सन्तान छरीए अब ता विस्व भरमा
उमार्दै नौलो बीज प्रकृति फूल यो हाँस्छ करमा ।

उता कोही रून्छन् शरणगत भै पितृ भूमिमा
छ प्यारो मेरो घर हृदयपथको जन्म भूमिमा
न देवता छन सामू सुनिदिने सबै असुरहरु
बित्यो मिठो बैंश बय पनि बित्यो कालपखेरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *