सडकमा छन् सन्तान

कवयित्री
कवयित्री

बलि भट्टराई
अमेरिका

एकपल्ट ध्यान दृष्टिले सन्तानलाई हेर त आमा,
तिम्रा सन्तान िबयोगले कति रोइरहेकाछन्,
साना-साना छाप्रामा कति दुःखले बसेकाछन्।
एकपल्ट सन्तानको चित्कार सुनिहेर त आमा,
तिम्रा सन्तान गाँस बाँस नपाई छट्पटाइरहेकाछन्,
कोही नदी किनारा त कोही गल्ली-गल्लीमा भौँतारिरहेकाछन्।
एकपल्ट सन्तानको रूवाइमा आफैँ रोइहेर त आमा,
तिम्रो भक्कानो फुटेर अनि कसरी आउँदो रहेछ,
उज्यालो तिम्रो संसारमा एका-एक कसरी अँध्यारो छाउँदोरहेछ।
एकपल्ट सन्तानलाई आफैँले बोलाइहेर त आमा,
तिम्रा सन्तान कसरी लस्कर लागेर आउँदारहेछन् ,
आमाका काखमा बस्न पाउँदा कति खुसी हुँदारहेछन्।
एकपल्ट ध्यान दृष्टिले सन्तानलाई हेर त आमा,
तिम्रा सन्तान भिक्षु झैँ हात थापेर मागरहेकाछन्,
सुत्ने ओच्छ्यान नपाएर सडक-सडकमा लडिरहेकाछन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *