अझै त तिमी मरेका छैनौ

एक्जाइल्ड भूट्निज
बेलडाँगी, नेपाल 

अझै त तिमी मरेका छैनौं
यसका असंख्य प्रमाणहरु छन्
सबभन्दा ठूलो प्रमाण त्यो परजीवी हो ।

विशेषज्ञहरु बताउँछन् कि
परजीवीले मृत शरिरलाई छोड्छ
तर त्यो परजीवीले त
तिम्रो आलो तातो रगतले भोकप्यास मेटिरहेको छ ।
मतलब, अझै त तिमी मरेका छैनौ !

जरुर तिमी रोगी हौ
कम्जोर प्रतिष्ठा
पहिचान तुहिन्छ घरी घरी
परजीवीकै कारण संक्रमित छौ
अस्तित्व नै संकटमा पार्ने अनेक रोगहरूले,
तर अझै त तिमी मरिहालेको छैनौं
तिमी जिउँदै छौ ।

थाहा होला
जिउँदो चरा उड्छ
जिउँदो मौरीले चिल्छ
जिउँदो…..
जिउँदो…..
जिउँदो…..
……………….
र जिउँदो बाघ गर्जन्छ र झम्टिन्छ ।

तिमी त मान्छे
जिउँदो मान्छे
अझै त तिमी मरेका छैनौं
यसका असंख्य प्रमाणहरु छन्
सबभन्दा ठूलो प्रमाण त्यही परजीवी हो ।
भन अब तिमी चाहिँ के गर्छौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *