अझै पनि एकफेर पहाड बोकेर हिँड्ने रहर छ

कवि
कवि

शिवलाल दाहाल
केन्टकी, अमेरिका

टाढा क्षितिजमा देखिएका बादलका टुक्राहरु
मैले मेरा कसीमा ल्याउँछु भने
मैले मेरा सम्वेदनाका अभ्यन्तर हुन् भने
कसैले विश्वास गरेनन्, विश्वास गर्ने आधार पनि थिएन सायद
म दौडिरहेँ तिनीहरूलाई पछ्याउन
म कहिले पहाडका थुम्कासम्म पुगेँ
म कहिले हिमालका थाप्लासम्म पुगेँ
म कहिले सागरका किनारसम्म पुगेँ
म जति जति हिँडे, बादलका टुक्राहरु पर पर सर्दै गइरहे
हुन सक्छ क्षितिज नै पर सर्दै गयो
हुन सक्छ हावाको वेगमा बादलका टुक्राहरु
भेटाउनै नसक्ने गरी भाग्दै गइरहे
म दौडिरहे, लाग्थ्यो म दौडिएर कहिल्यै थाक्तिनँ
म दौडिएकोको देखर,कतिले मूख्याइँ सम्झे
कतिले निरर्थक अभ्यास भने
उनीहरूले कहिल्यै बुझेनन्, बुझ्न चाहेनन्
स्वप्न देख्नु कविको स्वभाव हो
अचेल म आफैँ पनि भ्रमित छु
यो कहिल्यै नपुगिने यात्रा म किन हिँडिरहेछु
यो कहिल्यै समात्न नसकिनेँ व्योम छुन म किन खोजिरहेछु
हिजोदेखेको सपनाभन्दा पनि प्रथक रहेछ कि क्यो हो संसार
कि म थाकिसकेँ दौडिँदा दौडिँदै, म भन्न सक्तिनँ
अझैँ पनि एकफेर पहाड बोकेर हिँड्ने रहर छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *