अटल बनि तिमीले, गर्न सक्छौ कमाल
नवीन शर्मा भट्टराई
दस नदि तरि आए, आफनो देश भन्दै
यहि नदि पनि तर्ने, याँ भए आश बन्दै।
नदि त किन कती छन्, पर्वतै काटि आए
जति-जति नजिकै छन्, दुष्ट भाई रिसाए ॥१॥
डिल नदि तट पुग्ने, आँट गर्नै सकिन्न
अभर परि तगारो, पार तर्नै सकिन्न।
पुल फगत गलामा, अड्कियो फाँसि जस्तै
नयन सरह मेची, छल्कियो ताल त्यस्तै ॥२॥
अब त कसम साह्रा, मन्मनै मर्न थाल्यो
अवल पति घराना, कामना गर्न थाल्यो।
रुन पनि जति आमा, बाल-बच्चा सिहार्दै
कठिन गरि पिताका, हात मल्दै गुहार्दै ॥३॥
समय दिन छँदैछन्, झार लाऊ पराल
विच-विच चलने छन्, गाडि-रिक्सा-जमात।
जति दिन सहि सक्छौ, आज लेऊ प्रतिज्ञा
डग-मग हुन दिन्नौ, जान यो हो सदिक्षा ॥४॥
गगन पनि तिमीनै, धर्ति तिम्रो छ खास
अटल बनि तिमीले, गर्न सक्छौ कमाल।
झल-मल यि अकाशै, आज तिम्रा सिरानी
टल-पल यि सितारा, गर्दछन् निगरानी ॥५॥
झररर झरि बर्षे, आँशु झारी दिऽऽराख
गगन पनि खुसीले, साथ हाम्रो दिलास।
जब-जब ति सबैले, लिन्न तिम्रो भरोसा
तब-तब हुन दिन्नन्, माँग हाम्रा यि पूरा ॥६॥
दिन-दिन यसरीनै, गर्दछौ पूर्ण काम
क्षिण-क्षिण बनि जान्छन्, काम हाम्रा तमाम।
रुझ-रुझ यसरीनै, रुझ्दछिन् ती विपाशा
जल-जल यसरीनै, बल्दछन् यी निराशा ॥७॥
पल-पल प्रकृतीले, लिन्छ यस्तो परीक्षा
अटल छ रहि जाने, मुल्य यस्को गरीमा।
सफल हुन त गाह्रो, छैन केही धरामा
जब शुभदिन आउ्छन्, बन्दछन् यी महान॥८॥
शुर-विर भनु यिन्को, एक साँचो अठोट
उस-दिन मन मेरो, रोइ भाको चकीत।
कलिल शिशु गलामा, फूल रोपे अमोल
बहन दिन सकेनन्, अश्रु धारा कपोल ॥९॥
समय-समय भाई, हुन्छ यस्तो बिचित्र
यहि समय लगाई, भन्छु देँखेँ सचित्र।
जब समय जमाना, दिन्छ लेऊ खुसीले
अनि समय फिरेको, हेर फेरी नसीब्ले ॥१०॥