अनुभूति

युग दवाडी
एव्रेट, वासिंगटन, अमेरिका

निस्पट्ट औंसीको रातमा
उज्यालो किरण खोजी हिंडे
आफ्नो सबै गुमाएका मनहरुसँगै
सम्भावनाको सुत्र खोजी हिँडे
लुटिएका तन
फुटेका मन
अनि सबै गुमाएका मुटुहरुलाई
सम्भावनाको सान्त्वना बाड्दै हिँडे
शरणार्थी जीवनको कहालीलाग्दो इतिहास बोकेर जन्मिए शिशुहरू
अनि प्रशवबेदनाले छट्पटाइरहेका ती आमाहरु
किम्कर्तव्यविमुड लाचार बाबाहरुसँग
जीवनले काँचुली फेर्ने आशा बाड्दै हिँडे
शिक्षाको न्यानो ज्योति खोजिहिँड़्ने
हरेक लालायत युवाहरुसंग
अनि कामको खोजीमा भौँतारिइरहेका बन्धुहरुसंग
सपना साकार हुने आशा बाड्दै हिँडे
तर अब
दुनिया बद्लेकोछ
वसन्तको सुत्रपात हुन लागेकोछ
अनि चेतबिचेत भएका तनहरुले
आशै आशा बँचाएका मनहरुले,
अन्धकार शरणार्थी भविष्य बोकेका
हरेक बन्धुहरुले
तुँवालो फाटेको आभाष गरेका छन्
नया विहानीको सुरुसंगै
नया जीवनको सपना संगाल्न थालेका छन्
र सबै सपना साकार हुने आशामा
खुसी, उमङ्ग र आकाङ्क्षा
हातेमालो गर्न थालेका छन्
सुखी र सम्बृद्ध जीवनको स्वर्णीम कल्पनासंगै
मनहरु संगालिन थालेका छन्
वेदनाको घाउ पुरिन थालेकोछ
मन बाधिन थालेकोछ
मायाको सुत्रपात भएको छ
आफ्नुपनको महसुस भएको छ
जिन्दगी बाँचेको महसुस भएको छ
बाँचेको महसुस गरेका छन् हरेक मनले

3 Replies to “अनुभूति”

  1. kumar adhikari

    युग दाइ तपईलाई बधाई छ है त,, धेरै राम्रो लागो है.

  2. padam acharya

    i really like yug Dabadi’s peom because he is endowment and elegant always philosophy about study. His peom is amazing, thus he is my great cousin.
    thanks

  3. baini

    yug dai, awesome poem. truly touched my heart. you are an amazing writer and a good friend.

    washington, united states

Leave a Reply

Your email address will not be published. Required fields are marked *