अवस्थिति
डोना आचार्य
अमेरिका
स्वाभिमान सुरक्षित , सुदृढ संगाल्न
सपना सजाए नि
लालची मानसिकताहरु !
न स्वाभिमान बोक्छन
न ब्यहोर्छन आफू हुनुको महत्ता !
आफ्नोपन जोगाउन बिदेशिनु परेको व्यथा
किम्बदन्ती बनेर हराउनै लाग्दा
न कोही
एक पटक पछाडि फर्केर
आफ्नो इतिहास हेर्न खोजिरहेछ
न चाहिरहेछ सत्यता स्वीकार्न !
‘तिमी तिमी रहेनौ भने- कोही रहन्नौ ‘
स्वत्वको रक्षा गरम
अपनत्व जोगाई राखम
आफ्नु पहिचान
कसैको लालचमा
बिक्यो भने
आफै बिकिने छ
त्यो दुर्भाग्य
मेरो न बनोस !
All poems are really awesome in your blog.Keep on doing.We really appreciate your blog.Best of Luck.