आँशु

कवि
कवि

छत्र दंगाल 
एड्लेड अस्ट्रलिया 

कहिले विछोडको जलनमा,
वेदनाको रापमा,
मनको वहमा,

कहिले प्रेमील आलिंगनको न्यानोपनमा,
मिलनको उल्लासमा,
जीवनका हिमढिक्काहरु पग्लँदा,
वहन्छ आँशु।

उदेकको नाता जीवनसंग जोडेर
हरपल साथ जीवनभर रहेर
मृत्युको विजयी घडीमा आफु
सुटुक्क प्रियजनको आँखामा बसाँई सर्छ।

कहिले हिमनदि जस्तै अविरल
कहिले खहरे झैँ क्छणिक
कहिले शान्त तलाउको निर्मल अविचलित जल झैँ
फरक परिवेशमा फरक आकारमा प्रस्तुत हुन्छ उ।

निर्झर बनेर कहिले
झर्दै परेलीको मुहानबाट
छातीमा खस्दा
वेदनाका छालहरु हुत्तिन्छन
फेरि ज्वालामुखीका लाभा भएर कहिले
वग्छन मुटु जलाएर
भक्कानो फुटाएर।

सायद
त्यसैले होला गहताल
यत्ति गहिरो भएको
मरियाना ट्रेन्च जस्तै
सायद
त्यसैले होला आँशु
यत्ति नुनीलो भएको
विशाल जलधि जस्तै॥
18/

Leave a Reply

Your email address will not be published. Required fields are marked *