आत्मवृत्तान्त
शिवलाल दाहाल
खुदुनाबारी, झापा
पतझडको बेलामा
म,
निर्वस्त्र भएको छु
संसारको आँखामा
मलाई नंग्याएर
तिमी कहाँ लुकेका छौ,
दर्योधन ?
मेरो लज्जा
तिमीलाई पनि त बोध हुनुपर्छ
मेरो बेइज्जत,
तिमीलाई पनि त बोध हुनुपर्छ
कृष्ण !
–ऋतुहरुलाई आमन्त्रण छ !
–घाम
–पानी
–हुरी
मेरो आत्मवृत्तान्त
तिमीलाई भरपूर थाहा छ-कृष्ण !
–दुर्योधनको खेल
–शकुनीचाल र
–मेरो सर्वस्व लुटिएको कथा
तिमीलाई भरपूर थाहा छ !
कृष्ण !
पतझड़को बेलामा
म,
निर्वस्त्र भएको छु,
संसारको आँखामा
मलाई नंग्याएर
तिमी कहाँ लुकेका छौ,
दुर्योधन !
साउन ५-२०६७