आफैंलाई सोधी हेर
गंगाराम लामिटारे
नर्थ डाबोटा, अमेरिका
पुतली भीरलाई एकपटक सोधी हेर
त्यहाँ गोकुलसिंह कार्कीलाई के भएको थियो भनेर…
उनकी श्रीमतिलाई सोध,
उनको वैधव्य कसरी बित्यो भनेर ।
छोकाना गाउँलाई एकपटक सोधी हेर
शिक्षिका सीता मोथेलाई के भएको थियो भनेर?
अनि त्यो निभाराको रुखलाई सोध
उनको हत्या कसरी गरिएको थियो भनेर।
लप्सीबोटेको कैदीखानालाई सोध
त्यहाँ कति निर्दोष भूटानीहरुको ज्यान,
त्यसले खाएको थियो भनेर
च्याम्गाङ जेललाई सोध
त्यहाँ पुण्य ढकाललाई कसरी मारिएको थियो भनेर।
थिम्फू जेनेरल अस्पताललाई सोधी हेर,
त्यहाँ हर्कबहादुर सापकोटालाई
कसरी मारिएको थियो भनेर…
उनकी बूढी आमा र विधुवा स्वास्नीलाई सोध
उनीहरुको जीवन कसरी वित्दै गएको छ भनेर,
उनकी धर्म पत्नीलाई सोध
उनको सिंगो जीवनले, के के भोग्नु परेन भनेर ।
माईको पुललाई एकपटक सोधी हेर
भूटानी बाल-बालिकालाई के भएको थियो भनेर
अनि माई नदीलाई सोध, त्यहाँ के भएन भनेर ।
रतुवा नदीलाई सोध,
त्यहाँ कतिजनाको खरानी बगाइस् भनेर,
टिमाई खोलालाई सोधी हेर
त्यहाँ कति लाश जले भनेर ।
अनि, नेपाली धर्तीलाई सोध,
उसले कत्रो बोझ बोक्नु परेको छ भनेर
अनि नेपालका राष्ट्रिय देवतालाई सोध
भूटानीहरुमाथि के कस्ता षडयन्त्र भएनन् भनेर ।
साम्चीको कैदखानालाई सोध,
त्यहाँ मनबहादुर क्षेत्रीलाई
कसरी हत्या गरिएको थियो भनेर,
अनि दमक बजारलाई सोधी हेर
आर.के. बुढाथोकीको हत्या
कसले, कसरी र किन गरेको थियो भनेर ?
अब एकपट आफैंले आफैंलाई सोधी हेर
भोलिको योजना के छ भनेर,
आफ्नो भविष्यलाई एकपटक सोधी हेर
भावी सन्ततिलाई के गर्ने भनेर
अनि जातीय पहिचान कसरी बचाउने भनेर ।।
गंगा सर,
कविता साग बात मर्नु पर्ने भयो. तपाईको भाषा र बिचारले फेरी बेलडाँगीमा घन्टौ घण्टाको गफको सम्जना दिलायो. साहित्यले नजिक्यायो. धन्यबत.