आमाको पत्र
अनन्त आचार्य
अष्ट्रेलिया
मातृबात्सल्यबाट-
म यहाँसम्म आइपुग्दा
कालो रातमा,
मैँले एउटा पत्र प्राप्त गरे –
“मबाट छुटाएर लगेपछि
सदैव शान्ति रहेन ममा
मेरो वरिपरि खजुरा र
बिच्छीहरु देख्छु
सर्पहरु मलाई टोक्न आउँछन्
बलिद्र आँसु
असित देह लिएर
म तिमीलाई पर्खंछु
यदि सकिन्छ भने
मेरो अमीलो मनको बाटो भएर आऊ
त्यो संसारमा
सबै कुराहरु पाउनेछौं
रातपछि दिन हुन्छ
म त्यो कुरिरहेको छु।”
आमाको पत्र पढिसकेपछि
मेरा आँखाबाट आँसु झरेर
पत्रको” तिमी आऊ”
शब्द मेटियो।
मेरो हातबाट पत्र झर्यो
आ…मा…..को….पत्र……!!!
अनन्त जी तपाइको कविता पढेपछि श्वेतपत्र महाकाव्य का यी हरपहरु जो भुटानी आमाले शरणार्थी सन्ततिलाई भनेका हुन् उल्लेख गर्दै छु |
कदा नबिर्स हे मेरा कर्णधार तिमीहरु
भत्केका घर तिम्रा र निमुखा स्वजनैहरु
हेर्दै छन् पथ तिम्रै त्यो फर्कनेछौ भनीकन
क्रान्तिको पुन्ज बोकेर आउदै छौ भनीकन