आमाको सम्झनामा
बलि भट्टराई
अमेरिका
मेरी आमा-मेरो देश,
मेरो संस्कृति-मेरो भेष
छोड़ी आएँ कता-कता
याद आउँछ आजकल,
गाउँ-बेँसी डाँडा-पाखा सम्झिरहन्छु झलझल।
मेरी आमा – मेरो देश
मेरो संस्कृति – मेरो भेष
अब आउने दिनमा भेट हुन्छ कि कतै,
तिम्रो जस्तो चोखो माया पाइन यता कतै।
मेरी आमा – मेरो देश,
मेरो संस्कृति – मेरो भेष
भोक-भोकै छु आमा धेरै भयो केहि नखाको,
कस्ती भइसक्यौ तिमी अहिले धेरै भयो दर्शन नपाको।।