आमा 

डिल्लु चम्लागाई
ओहायो, अमेरिका

आमा तिमी शालीन थियौ
त्यसैलाई म आज उजागर गर्दैछु
बिर्सेको छैन मैले आमा
तिम्रा फरिया तान्दै कुदेको
तिम्रा काखमा निदाएको
तिमीले एक एक गाँस काटेर
मलाई हरेक दिन ख्वाएको
तिमी कति निश्चल थियौ
रुँदा हाँसी हाँसी रोइदिन्थ्यौ
म तिम्रा त्यही आँखाबाट
खसेका आँसुसँग खेल्थेँ
मैले कहिल्यै बुझिन तिमी रोएकी हौ
तिमी कति महान् छौ आमा
आज त्यसैले म हाँसी हाँसी रोइदिन्छु
हाँसी हाँसी आँसु खसाई  दिन्छु
सिकेको हुँ श्रेय तिमीलाई नै जान्छ
त्यो जुनेली रातमा म जून माग्थेँ
तिमी टपक्क टिपेर त्यो जून
पानीको थालमा ल्यादिन्थ्यो
म तिमालाई तार गन्न लगाउँथे
तिमीले कहिल्यै नाई भनेनौ
हजार चोटि मेरा लागी तारा गनेकी छौ
बिर्सेको छैन आम मैले अज्जै बिर्सेको छैन
तिमीले सुनाएका कथा
जुन कथाले म निदाउँथे
मलाई भावुक बनाउँथ्यो
आमा तिमीले किनिदिएको
पहिलो चप्पल जुन चप्पल
लगाएपछी मलाई ठेस लाग्न
छाडेको थियो जब आज
जिन्दगीमा मलाई ठेस लाग्छ
म त्यही चप्पल सम्झन्छु
सम्झन्छु मात्र तिमीलाई सम्झन्छु
तिमी कति महान् छौ
गौरव लाग्छ आमा
भनेर,सुनेर,हेरेर, देखेर
कहिल्यै नअगाउने एउटै
चीज त्यो हो “आमा”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *